कृषिमा ‘चामत्कारिक क्रान्ति’
‘कृषि क्रान्ति’ को नारा घन्किन थालेको दशकौं भयो तर यो नारा, नारामै सीमित बनाइयो।सरोकारवाला निकायको भूमिका प्रभावहीन हुँदा कृषि क्षेत्रको अवस्था परम्परागत शैलीमै चलिरहेको छ। सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममार्फत कृषिको उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने नीति लिएको छ।सरोकारवाला निकायमा विश्वास र उपयुक्त योजना भएमा मात्रै सरकारको पछिल्लो नारा साकार पार्न सकिन्छ। यसका लागि निजी क्षेत्रले उल्लेखनीय भूमिका खेल्न सक्छ।सरकारले पनि निजी क्षेत्रलाई विश्वासमा लिएर आवश्यक नीतिगत व्यवस्थामा सुधार गर्नुपर्छ। अनि मात्र कृषिमा फट्को मार्न सकिन्छ। Read More