काठमाडौं, पोखराजस्ता देशका ठूला सहरमा फोहोर व्यवस्थापनसँगै ल्यान्डफिल साइटको वातावरण जोगाउने मुख्य चुनौती देखिएको छ। ल्यान्डफिल साइट वरिपरिको मानवीय जीवनको रक्षा र फोहोर व्यवस्थापन गर्न ठोस उपाय पनि पत्ता लागेको छैन। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि पहिलेदेखि नै फोहोर थुपारिएको स्थानको उचित व्यवस्थापन हुन सकेको छैन। त्यसैकारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइए पनि जोखिमपूर्ण मानिएको छ। फोहोरमा आहार खोज्न आउने चराचुरुंगीसँग ठोक्किएर ठूलो भौतिक तथा मानवीय क्षति हुने खतरा देखा परेका छन्। Read More
