Spread the love

गोदावरी नगरपालिकामा जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको सुरुवात

२५ बैशाख,गोदावरी, ललितपुर-ललितपुर स्थित गोदावरी नगरपालिकाले जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ ।

आज गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवाको रोपण गरी मेयर गजेन्द्र महर्जनले उक्त कार्यको शुभारम्भ गर्नुभएको हो ।

उक्त कार्यक्रममा गोदावरी नगरपालिका २ नं वडाका वडा अध्यक्ष मनोहर सिलवाल, कार्यपालिका सदस्य रीता पुकुंटी मिजार, वडा सदस्य रमेश बिष्ट, कर्ण तामाङ्ग, शोभा बानिया बुढाथोकी, वडा सचिव रोशन कुमार झा, फोकल पर्सन किरण बज्राचार्य, वडाका पुर्व वडा अध्यक्ष, बिद्यालयका शिक्षक, शिक्षिका, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मेयर गजेन्द्र महर्जनले प्राकृतिक बिपद बाढी पहिरो जस्ता समस्याको प्राकृतिक समाधाननै अन्तराष्ट्रिय स्तरमा बढी प्रभाबकारी देखिएको बताउनु भयो ।

उहाँले यस स्थानमा जैबिक प्रबिधि मार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएका पालिकाको अन्य क्षेत्रमा समेत यस्को प्रयोग बिस्तार गरिदै जाने कुरा उल्लेख गर्नु भयो ।

उहाँले हरित पुर्वाधारको कार्यसँग नेपालको पहिलो कार्वन नेगेटिभ पालिकाको रुपमा गोदावरी नगरपालिका स्थापित हुन सक्ने कुरा उल्लेख गर्नु भयो ।

वडा नं २ का वडा अध्यक्ष मनोहर सिलवालले भेटिभर प्रबिधि अन्तराष्ट्रिय स्तरमा समेत निकै प्रभाबकारी सिद्ध भएको प्रबिधि हुदा यसले प्रभाबारी कार्यगर्नेकुरा उल्लेख गर्नु भयो ।

सयुक्त राष्ट्रसँघले सन् २०२० देखी २०३० को दशकलाई पारिस्थितिकी प्रणाली पुन स्थापनाको दशकको रुपमा घोषणा गरेको र पारिस्थितिकी प्रणाली पुन स्थापनामा भेटिभर बनस्पतिको धेरै ठुलो महत्व र योगदान रहेको कुरा बताउनु भयो ।

Read More….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Explore More

Vetiver Oil For Skin Care – Benefits & DIY Recipes

Spread the loveVetiver Oil For Skin Whitening – Benefits & DIY Recipes Every lady fantasizes about having beautiful skin and a perfect skin tone. However, given our contemporary lives and

A natural pathway to net zero carbon

Spread the loveA natural pathway to net zero carbon Prajjwal K Neupane– A natural pathway to net zero carbon, As Nepal advances toward its climate commitments under the Paris Agreement

बाढी पहिरो नियन्त्रण गर्न ‘भेटिभरको खेती’

Spread the loveहेमबहादुर राना (कमल), काठमाडौँ ।  हाम्रो देश नेपालको सबैभन्दा ठूलो भाग पहाडले ओगटेको छ । हिमाल, पहाड र तराई खण्ड रहेका छन् । जसमध्ये भौगोलिक रूपमा २९.५% अर्थात