Spread the love

 

किसानको साथी भेटिभर योजना

नेपालमा कृषिकार्य गरिरहनु भएका साना तथा मझौला किसानहरुको बिभिन्न समस्याहरु भोग्दै आउनु भएको छ ।

बजार भाउको अनिश्चितता, थोरै जमिन, उत्पादन भन्दा लागत बढी, उत्पादन बिक्रीमा हुने समस्या लगायतको समाधानको उद्येश्यले भेटिभर नेपालले किसानको साथी भेटिभर योजना ल्याएको छ ।

यस योजना अन्तर्गत किसानहरुले भेटिभर नेपालसँग जोडिएर लगानीको आकर्षक अतिरिक्त आम्दानी गर्न सक्नुहुनेछ ।

आफुले गर्दै आएको कृषिकार्य सँग–सँगै यस योजनामा सहभागी हुन सकिन्छ ।

योजना

यस योजना अन्तर्गत किसानहरुले आफ्नो खेत बारीको आलीमा तथा कृषी बालीमा सँग सँगै भेटिभर रोपण गर्न सक्नु हुनेछ ।

यस भेटिभरले लगाएको कृषीवालीको उत्पादन बढाउनुका साथै आफैमा एक अतिरिक्त आम्दानीको स्रोत श्रृजना गर्दछ ।

यसरी लगाईएको भेटिभरलाई भेटिभर नेपालले खरिद गर्नेछ ।

भेटिभरको बिरुवाले गहुंगा धातुयुक्त विषादी, झार नाशक, किटनाशक विषादी र बढी भएका पोषक तत्वलाई तोडेर, शोसेर तथा सहन गरेर माटोको सुक्ष्म जैविक गतिविधिलाई बढाउँछ जसले माटोमा पुनः विरुवा पलाउने क्षमताको पुनस्थापना हुन्छ ।

भेटिवरको प्रयोग स्थानीय तह,गाउँपालिका तथा नगरपालिकाका साथै सवै जिल्ला, प्रदेश तथा संघीय संरचनाहरुमा व्यापक प्रयोग गरेर लाभ लिन अपरीहार्य रहेको छ ।

कृषिमा महत्व

यसले कृषि कार्यमा एकदमै ठुलो महत्व राख्दछ ।

भौतिकरुपमा त यो केवल एउटा घाँस मात्र हो तर समग्रमा यो एउटा प्रविधि हो जसले अरु कुराका अतिरिक्त प्राकृतिक विपद्हरु, बाधाहरु, आवश्यकताहरु तथा उपयोगहरुका लागि तल दिइए बमोजिमका दिगो, वातावरणमैत्री समाधान ल्याउन सक्छ ।

उदाहरणको रुपमा भेटिवर प्रविधिले प्राकृतिक प्रकोप नियन्त्रण (बाढी, पहिरो आदि) होस् वा सडक वा अन्यत्रको भिरालो जमीन स्थिरीकरण, माटो र पानी संरक्षण, माटोको उर्वरतामा सुधारसहित वन्जर जमीनलाई पुनःउत्पादन योग्य भुमिमा रुपान्तरण गर्दछ ।

साथै, सतही माटोको निर्माण गर्ने, जमीनमुनीको पानी पुनःभरण, धान, मकै तथा अरु बालीमा किरा नियन्त्रण, ल्याण्डफिल, लिचेड वा फोहोर पानीको व्यवस्थापन, खानीहरु तथा जर्जर जमीनको फाइटोरिमेडिएसन गर्ने आदि जस्ता धेरै कुरामा कार्य गर्दछ ।

१७ वटा दिगो विकासका लक्ष्यहरुलाई प्राप्त गर्ने

यसको वहुउपयोगिता यस्तो छ कि, यसले सवै १७ वटा दिगो विकासका लक्ष्यहरुलाई प्राप्त गर्ने तर्फ महत्वपुर्ण कार्य गर्दछ ।

प्रयोगकर्ताको रुपमा होस् वा अन्तिम प्रयोगकर्ताका लागि संवाहकका रुपमा, यो तपाईका लागि अनेकौं रुपमा एउटा एकदमै सार्थक समाधान हो ।

अर्थात— भेटिवरलाई व्यापारको रुपमा अपनाउन सक्ने हो भने यसले शिक्षा, स्वास्थ्य, रोजगार, खाध्य सुरक्षा र आर्थिक उत्थानमा निकै भहत्वपुर्ण भुमिका खेल्दै राष्ट्रको दिगो तथा समावेशी विकासलाई प्रोत्साहन गर्दछ ।

वास्तवमा यदि एकपटक तपाँईले प्रयोगकर्तालाई यसका गुणहरु र प्रभावकारिताबारे शिक्षित गर्नु भयो भने यो उनीहरुका लागि एकदमै लाभदायक छ ।

तपाईंले हामीलाई shyam.goenka@gmail.com मा इमेल गर्न सक्नु हुनेछ वा 9817399151 मा फोन सम्पर्क गर्न सक्नु हुनेछ ।

तल एउटा श्रव्यदृश्य प्रस्तुत गरिएको छ जसमा सर्लाहीमा रहेको हाम्रो नर्सरी र भेटिवरले माटोलाई उर्वर बनाउन के गरेको छ भन्ने देखाइएको छ ।

साथै किसानहरुको बाझोरहेको जमिन तथा खोलाले बगाएर बगर बनाएको जमिन छ भने त्यसमा पनि भेटिभरको खेती गर्न सकिन्छ ।

२–३ बर्ष बगरमा भेटिभरको खेती गर्दा भेटिभरले उक्त बगरलाई पुनःखेतीयोग्य जमिनमा रुपान्तरण गरिदिन्छ ।

जस्तो सुकै माटो, गेग्रन, बगर, प्रदुषित भुमी, बन्जर क्षेत्रमा पनि भेटिभरको खेती गर्न सकिन्छ ।

अन्तराष्ट्रिय रुपमा ब्यापक प्रयोगमा रहेको भेटिभरको जरा मार्फत तेल उत्पादन गर्न सकिन्छ ।

उक्त तेल बजारमा प्रति लिटर ३२ हजार नेपाली रुपैया सम्ममा बिक्री हुने गरेको छ ।

किसानहरुले भेटिभरलाई मुख्य नगदेवालीको रुपमा समेत खेती गर्न सक्नेछन् ।

हामीलाई देशका सवै भूभागबाट भेटिवरका विरुवाहरु र बायो इन्जिनियरिङ्ग समाधानका लागि अनुरोधहरु आइरहेका छन् ।

हामीले सवैतिर व्यापार साझेदारहरुको आवश्यकता महसुस गरेका छौं जसले गर्दा पालिकाहरु र सवै सम्बन्धित विभागहरुका लागी स्थानिय स्तरमै सेवाको सहज पहुच प्राप्त गर्न सकून ।

त्यसकारण हामी जहाँ पालिकाहरु, जिल्ला सदरमुकामहरु र जिल्ला, प्रदेश तथा संघीय संरचनाहरुका विभिन्न विभागहरु रहेका छन् । उक्त स्थानका लागि प्रतिनिधिको ब्यबस्थापनमा लागेका छौँ ।

यो विरुवा गुणैगुणले परिपुर्ण रहेको हुनाले हामी यसलाई व्यापकरुपमा उपलव्ध गराउन चाहन्छौं ।

राष्ट्रलाई यस्तो वातावरणमैत्री र दिगो समाधान अति आवश्यक छ ।

यो वास्तवमा एउटा राष्ट्र निर्माण गर्ने अभियान हो र तपाँई यस महान अभियानमा योगदान गर्ने एक सहजकर्ता हुन सक्नुहुनेछ ।

हामी जिल्लाका सदरमुकाम र प्रदेश तथा संघीय राजधानी रहेका प्रत्येक पालिका तथा प्रत्येक नगरबाट हाम्रा आधिकारिक साझेदार मार्फत कार्य अगाडी बढाउन चाहन्छौँ ।

सामाजिक तथा व्यापारिक अन्तरदृष्टि भएका र राम्रो सार्वजनिक सम्बन्ध भएका इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरुले यस अवसरबाट राम्रो फाइदा लिन सक्नेछन् ।

तपाईहरु पालिकाहरुमा यस सम्बन्धी कामको सम्भाव्यक्षेत्रवारे विचार गर्दा उत्साहित हुनु हुनेछ ।

यो तपाईको व्यापारको एउटा मुल्यवान अंश हुनसक्छ जसलाई तपाईले व्यापक मात्रामा उपलव्ध सन्दर्भ सामग्रीको सहायताले प्रयोगकर्ता बढाएर अझ व्यापक पार्न सक्नु हुन्छ ।

सोही क्रममा तपाईले राम्रो नाफा आर्जन गर्न सक्नु हुन्छ भने साथसाथै आफ्नो क्षेत्रमा दिगो विकासका लागि एउटा साधन पुर्याएको सन्तुष्टी पनि पाउन सक्नु हुनेछ ।

भेटिवर ज्यादै छिटो बढ्ने सदावहार घाँस हो जसको एकदमै व्यापक, सघन र गहिरो जरा प्रणाली हुन्छ । उष्ण हावापानीमा यो एकसय बर्ष भन्दा बढी बाँच्न सक्ने देखिएको छ ।

भेटिवरको जरा प्रणालीले यसलाई दायाँवायाँ बढ्न दिँदैन ।

यसले उर्वर वीउ उत्पादन गर्न सक्दैन, यो प्राकृतिक रुपमा फैलन सक्दैन, त्यसकारण यो अ–आक्रामक (Non-Invasive) हुन्छ ।

यसलाई नजिक नजिंक रोपेमा यसले बाक्लो र साँघुरो झाडी बनाउँछ ।

यसका पात र डाँठहरु २ मीटर सम्म बढ्छन् भने यसका जरा ३ मी सम्म तल जान सक्छन् ।

यसका जराको टेन्सायल शक्ति माइल्ड स्टिलको तुलनामा ६ भागको १ भाग सम्म बलियो हुन्छ ।

यसलाई झाडीको रुपमा रोपेमा यसको बलियो जराको पकडका कारण यसले माटोको शियर शक्ति ४५ प्रतिशतसम्म बढाउन सक्छ ।

प्रत्येक झाडीको तलतिर वाक्लो जराको जालोले माटोलाई बलियो बनाउने मात्र नभई यससंगै रहेको संरचनालाई पनि स्थायित्व दिन्छ ।

यसको एउटा गाँज मार्फत ६०–७० ओटा विरुवा उत्पादन गर्न सकिन्छ ।

भेटिभर नेपालले यस योजनामा समावेश हुन चाहने किसानलाई प्रति बिरुवा ५ रुपैयामा उपलब्ध गराउने छ र उक्त बिरुवा बाट तयार भएको जरा सहितको प्रति गाँज ३० रुपैयामा खरिद गर्ने छ ।

किसानले सानो क्षेत्रफलमा भेटिभरको खेतीको सुरुवात गर्न सक्नेछन् ।

प्रति कठ्ठा ३५ सय बिरुवा रोप्न सकिन्छ र उक्त बिरुवा ७–८ महिनामा आम्दानी योग्य हुन्छ ।

भेटिभर प्रबिधीवारे विस्तृत विवरणका लागि तपाईले हाम्रो वेवसाइट www.vetivernepal.org,

हाम्रो फेसवुक पेज facebook.com/vetivernepal तथा विश्व वैंकले प्रवर्धन गरेको भेटिवरको विश्वव्यापी साइट www.vetiver.org हेर्न सक्नु हुनेछ ।

यसका अतिरिक्त तपाईलाई अनन्तसम्म खोजीका लागि वेवहरु उपलब्ध हुनेछन् जहाँ तपाईले भेटिवरबारे अनगिन्ती सन्दर्भ सामग्रीहरु पाउन सक्नु हुनेछ ।

प्रति कठ्ठा लागतः
जम्मा लाग्ने बिरुवा संख्याः ३६००/-
सरकारी दर अनुसार बिरुवाको मुल्यः ३६०००/-
किसान भेटिभर योजना अन्र्तगत बिरुवाको मुल्यः २१,६००/-
७–८ महिना पश्चात भेटिभर नेपालले खरिद गर्ने मुल्यः प्रति गाँज ३०= ३५००*३०= १०५,०००/-
बिघाका हिसाबमा
प्रति बिघा जम्मा लाग्ने बिरुवाः ७२०००/-
किसान भेटिभर योजना अन्र्तगत बिरुवाको मुल्यः ४३२,०००/-
प्रति बिघाको आम्दानी= २१,००,०००/-
प्रति बिघाको बिरुवा सहित अन्य खर्चः अनुमानित ५ देखी ६ लाख राख्दा पनिः बार्षिक ११ देखी १२ लाखको बचत ।

बिरूकाे राेपण पछिकाे हेरचाह राम्राे भएका मुनाफाकाे सम्भावना अधिक रहन्छ ।

यस्को अलावा भेटिभर खेतीसँगै अन्य दलहनकाबाली समेत लगाउन सकिन्छ ।

भेटिसँगको दलहन बालीले सामान्यको तुलनामा ४० प्रतिशत सम्म बढी उत्पादन दिन्छ ।

भेटिभरको विरुवा सम्बन्धी सम्पुर्ण प्राविधिक पक्षको जानकारी भेटिभर नेपालले गराउने छ ।

यस जानकारी अनुरुप खेति गरिएमा उच्च आम्दानी लिन सकिन्छ ।

वाझो जमिनको उपयोगगरी भेटिभर खेती मार्फत बेरोजगारी समस्याको समाधान तथा किसानको आर्थिक उत्थान सुनिश्चित गर्न सकिन्छ ।

यस योजनामा समाबेस हुन चाहने किसानले भेटिभर नेपाललाई सम्पर्क गरी यसबारे थप जानकारी लिन सक्नु हुनेछ ।

हजुरहरूले भेटिवर बिरुवाको उपयोगिता, फाइदा तथा अन्य प्राविधिक तथा किसानको साथी भेटिभर योजना वारेमा जानकारीका लागि मोवाईल नं 9802364814, 9803233055, 9802364818, 01-5322433 & 01- 5322434  मा सम्पर्क गर्न सक्नुहुनेछ ।

भेटिवर प्रविधिको बारेमा बृस्तृत जानकारीका लागि कृपया www.facebook.com/vetiverNepal वा www.vetivernepal.org/ तथा www.vetiver.org/ मा गएर हेर्नसक्नु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Explore More

भेटिभर रोपौं, ल्यान्डफिल स्वच्छ बनाऔं

Spread the loveकाठमाडौं, पोखराजस्ता देशका ठूला सहरमा फोहोर व्यवस्थापनसँगै ल्यान्डफिल साइटको वातावरण जोगाउने मुख्य चुनौती देखिएको छ। ल्यान्डफिल साइट वरिपरिको मानवीय जीवनको रक्षा र फोहोर व्यवस्थापन गर्न ठोस उपाय पनि

भेटिभर खेतीको प्रवर्द्धन : दिगो विकासको सम्वर्द्धन

Spread the loveकाठमाडौँ-नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ। बाढी, पहिरो, डढेलो, भूक्षयलगायत प्राकृतिक प्रकोप र त्यसबाट हुने मानवीय तथा प्राकृतिक

पहिराे तथा नदी कटान नियन्त्रणमा भेटिभर : एक बहुउपयोगी घाँस

Spread the loveकाठमाडाैँ-नेपाल आफैमा प्राकिर्तिक हिसाबले दक्षिण एसियामै निकै संबेदनशील भूबनोट भएको मुलुक हो | अझै बुझ्ने गरि भन्ने हो भने बाढी, नदीको भेल, नदि कटान तराई क्षेत्रको एक प्रमुख