माछा पाेखरीमा उपयाेग

भेटिभरको प्रयोग मार्फत माछा पोखरीमा निकै प्रभावकारी कार्य गर्न सकिन्छ । बाढी आउँदा, पोखरी र जलाशयहरूलाई गम्भीर क्षति पुर्याउछन् । पोखरीको डिल भत्कीएर माछा बग्ने, पोखरी भरिएर माछा बगेर जाने लगायतका समस्यामा पनि यस्ले प्रभावकारी कार्य गर्दछ । साथै माछा पोखरीमा हुने अक्सिजनको कमी, साथै माछाको फोहोरले पोखरी प्रदुशित हुने र माछा मर्ने समस्यामा भेटिभरले प्रभावकारी कार्य गर्दछ । भेटिभरको प्रयोगले पोखरीमा अक्सिजनको स्तर कायम गर्न प्रयोग हुने एरेटरको आवश्यक्ता पर्दैन । भेटिभरको जराले पोखरीमा माछाको फोहोरबाट उत्पन्न हुने बिभिन्न ग्यास लगायतलाई सोसेर लिन्छ र अक्सिजनको आपुर्ती गर्दछ । जस्ले माछा पोखरीको समस्या समाधान गर्दै माछाको उत्पादन तथा तौलमा बृद्धि गर्दछ ।