भेटिभरले माटोको उर्वरतामा सुधार गर्दछ । माटोको उर्वरता बृद्धिको मुख्य कारक तत्व माटोमा उपलब्ध हुने सूक्ष्मजीवहरू हुन् । अत्याधिक रसायनिक मल तथा किटनासक औषधिको प्रयोगले माटोको गुणस्तर खस्किदै गएको छ । सुख्खा र अत्याधिक तापक्रमका कारण खेती योग्य जमीनमा हुने सूक्ष्मजीवहरूको उपस्थितिमा प्रभाव परेको छ । भेटिभरको जराले माटोमा भएको घातक रसायनिक पदार्थलाई निर्मलीकरण गर्दछ । साथै यस्ले माटोमा आर्द्रता बढाएर सूक्ष्मजीवहरू मार्फत माटोमा उर्वरता बढाउने काम गर्दछ । भेटिभरले खेतमा पानीको वितरण बढाउँछ, यसले राम्रो आर्द्रताको अबस्थालाई कायम राख्दछ । भेटिभरको जरा निकैलामो हुने हुदा माटोको छिद्रहरू सिर्जना गर्दछ, यसले माटोको जैविक पदार्थमा परिणत गर्न सकिने मल्च प्रदान गर्दछ, र यसले गहिराइबाट माटोमा पोषक तत्वहरू पुनस् स्थापित गर्दछ। यी कारणहरूले गर्दा भेटिभर किसानहरूका लागि धेरै उपयोगी बनस्पती हो ।
