दिगो विकासका १७ लक्ष्य पुरागर्ने आधारः
भेटिभरको समुचित प्रयोग मार्फत नेपालले संयुक्त राष्ट्र संघ दिगो विकासको अवधारण अन्तर्गतका १७ वटा लक्ष्यहरु पुरागर्ने तर्फ अग्रसर हुन सक्छ । गरिवी निमुर्लीकरण, भोकमरी उन्मुलन, राम्रो स्वास्थ्य र जनकल्याण, गुणस्तर शिक्षा, लैंगिक समानता, स्वच्छ पानी र सरसफाइ, किफायती र स्वच्छ ऊर्जा, सभ्य काम र आर्थिक वृद्धि, उद्योग, नवप्रवर्तन र पूर्वाधार, समानता, दिगो शहर र समुदाय, जिम्मेवार उपभोग र उत्पादन, जलवायु कार्य, पानी मुनिको जीवन, भूमिमा जीवन, शान्ति, न्याय र बलियो संस्थाहरू र लक्ष्यहरूका लागि साझेदारी सन्र्दभमा भेटिभरले कार्य गर्न सक्दछ । भेटिभरको विकास र विस्तारबाटै दिगो विकासका लक्ष्यपुरा गर्न सकिने हुदा यस तर्फ अग्रसर हुन आवश्यक देखिन्छ ।