विश्वमै वातावरणीय विनाश र ह्रास भएको छ । हाम्रो मुलुकको लागि माटोको क्षयीकरण ठुलो पर्यावरणीय र आर्थिक भार बनेको लुकेको छैन । विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो छैन । हामी बाढी, पहिरो, नदी कटान, कृषि उत्पादनमा क्षति, फोहोरमैला आदि समस्या भोग्दै र झेल्दै आइरहेका छौँ ।
सन् २०२० मा मात्रै बाढी, पहिरोका कारण ३६० जनाले ज्यान गुमाए । नेपाल रेडक्रस सोसाइटीको अध्ययनअनुसार यसले २३,४७८ परिवार तथा १,१७,३९० व्यक्तिलाई यस विपद्ले असर पुर्यायो । यसमा ५,१२५ घर क्षति भए भने आंशिक रूपले क्षति ७,४५७ घरधुरी भएको देखिन्छ । पहिरोको कारण ७ हजार परिवार अस्थायी रूपले विस्थापित हुन पुगे ।
प्राकृतिक विपत्तिले मानवीय क्षति त छँदैछ । विषाक्त पदार्थसहितको फोहोर खोलानाला, नदी अथवा पानीका स्रोतहरूमा सूक्ष्म हानिकारक जीवहरूको ख्याल नगरी ‘लिचेट’ (फोहोरको झोल पदार्थ) पानीका स्रोतमा मिसाइरहेको देखिन्छ ।
हामीले प्रकृतिको आन्तरिक मूल्यलाई विचार गर्दै दैनिकी सहज बनाउन सेवाहरूको मूल्य र आर्थिक मूल्याङ्कन प्रणालीमा प्राकृतिक विषयहरू समाविष्ट गर्नुपर्ने आवश्यकता छ । हामी नीति प्रक्रिया र कार्यान्वयनका विभिन्न पाटोहरुमा असफल छौँ । जस्तै विषयवस्तुको निश्चितता, पहुँच निर्णय– निर्धारण, अनुकूल नीति, कार्यान्वयन पाटो र अनुगमन तथा संस्थागत आकार दिन र दीर्घकालीन प्राथमिकताहरू आदि । यो अवस्था हेर्दा हामीले आफ्नै बलबुतामा दिगो रूपले माटो, पानी र हावाको व्यवस्थापन गर्नुपर्ने जिम्मेदारी देखिन्छ । यसका लागि भेटिवर घाँस रामवाण सावित हुन सक्छ । Read More